Mobile menu

यो कुरामा ध्यान दिनुहोस् र आफ्नो ढाड जोगाउनुहोस्

Rate this item
(1 Vote)

यो कुरामा ध्यान दिनुहोस् र आफ्नो ढाड जोगाउनुहोस्

जिम जाने, शरीर बनाउने र स्वस्थ रहने सबैको रहर हुन्छ । मिहिनेत, लगन, धर्यता, व्यायाम अनि खानपिनका बाबजूद पनि यसमा एउटा कुरा निकै महत्वपूर्ण पाटो हुन्छ, त्यो हो सुरक्षित व्यायाम । व्यायाममा सुरक्षा भनेको गलत व्यायामको अभ्यासका कारण शरीरका हाडजोर्नी अनि मांशपेसीहरु अनावश्यक पीडा बाट जोगाउनु हो । यो व्यायामको जगतमा यस्तै गलत अभ्यासका कारण प्राय सबैले जीवनमा एक पटक भए पनि अनुभव गर्ने पीडा भनेको तल्लो ढाड अर्थात लोवर ब्याक पेन हो । प्राय सबैले एउटै कुरालाई बढी दोष देखाउँछ, त्यो हो धेरै गह्रुँगो उचालेर । सबैको शुरुवात थोरै थोरै वजन बाट नै हुन्छ, एकैचोटि धेरै उचाल्ने एकदम न्यून हुन्छ । सत्य के हो भने यसको मुख्य कारण धेरै गह्रुँगो उचालेर भन्दा पनि शुरुवातका दिनमा वेट (डम्बेल वा बार्बेल) उचाल्ने र राख्ने वा दैनिक जीवनशैलीमा सामानहरु उठाउने र राख्ने तरिका वा बानी बाट नै शुरु भएको हुन्छ । प्राय जुन जिम गए पनि अधिकांशले यस्तै तरिका अपनाउने गर्दछ जुन बिस्तारै तल्लो ढाडको लागि खतरनाक साबित हुँदै जान्छ ।

तलको भिडियो हेर्नुहोस् जसमा उचाल्ने र राख्ने तरिकाहरु सरल भाषामा बुझ्ने गरी व्याख्या गर्ने जमर्को गरेको छु । चित्त बुझे साथीभाइलाई पनि बाँडनुहोस्, यसले तपाईंको र सबैको ढाड जोगाउन धेरै नै मद्धत गर्नेछ ।

-संजित श्रेष्ठ