Mobile menu

१२औ धर्मश्री उपाधि बिजेता लोकेन्द्र परियार १३औ धर्मश्रीको तयारीमा

Rate this item
(1 Vote)

 पोखरामा आयोजित प्रथम बुल्समेन राष्ट्रब्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको आगो सेलाउन पाएको छैन अब खेलाडीहरु तात्तातै १३औ धर्मश्रीको तयारीमा जुटिसकेका छन् | शारीरिक सुगठन प्रतियोगितामा नेपालकै सबैभन्दा उत्कृष्ट मानिने धर्मश्रीमा सहभागी हुन देश बिदेशमा नेपाली खेलाडीहरु भरपुर मेहेनत गरिरहेका छन् | यस्तो अबसरमा १२औ धर्मश्रीका उपाधी बिजेता लोकेन्द्र परियार पछि हट्ने त शंका नै उठ्दैन | हंगकंग नेपाल फिटनेस टघ बडिबिल्डिङ्ग फेडरेशनका अध्यक्ष समेत रहेका लोकेन्द्र परियार १३औ धर्मश्रीका लागि के कस्तो तयारीमा छन्, आउनुहोस वहासंग गरेको छोटो कुराकानी पढौ |

१. १३औ धर्मश्रीको पत्रकार सम्मेलन लगत्तै नेपाली शारीरिक सुगठन क्षेत्रमा निकै गर्मि बढ्न थालेको छ, के कस्तो महशूश गरिरहनु भएको छ?

शारीरिक सुगठन भन्ने बित्तिकै रगत त्यसै तातेर आउँछ, त्यहि माथि धर्मश्री प्रतियोगिताको समाचारले त रगत उम्लिन पो थालेको महशूश गरे मैले |

२. १३औ धर्मश्रीको लागि के कस्तो तयारी गरिरहनु भएको छ?

धर्मश्री पो हो त | हेल्चेक्र्याई गरि तयारी गर्ने त कुरै आउदैन | निरन्तर मेहेनत गरिरहेको छु | अहिलेको अवस्थामा नेपाली बडिबिल्डर साथीहरु निकै राम्रो भएको देखेको छु, उहाहरुलाई देखेर पनि मेरो मेहेनत्म उर्जा थपिएको छ | शारीरिक सुगठनमा प्रशिक्षण त छदैछ, प्रतियोगिताको लागि पोषण मिलाउन जरुरि हुन्छ | आफ्नो शरीरको लागि चाहिने खुराकलाई अर्जुन दृष्टिले हेरेको छु |

३. हप्तामा कति दिन र कति घन्टासम्म प्रशिक्षण गर्नुहुन्छ ?

अफ सिजन (प्रतियोगिता नहुने समय) मा हप्ताको ५ दिनसम्म २ देखि ३ घण्टा प्रशिक्षण गर्छु | तर प्रतियोगिताको समयको प्रशिक्षण अलि फरक हुने भएकोले अहिले सातै दिन प्रशिक्षण गरिरहेको छु | दैनिक ३ घण्टा प्रशिक्षण गरिरहेछु |

४. १२औ धर्मश्रीका उपाधि बिजेता हुनुहुन्छ, यसपाली पनि यो उपाधिलाई जोगाउने तपाइको सोच कस्तो छ ?

मलाई लाग्दैन कुनै पनि खेलाडी हार्नकै लागि तयारी गर्छन भनेर, सबैको सोच जित्ने नै हुन्छ | यसपाली पनि यो उपाधि जोगाउने हरदम प्रयासमा छु , कडा परिश्रम गरिरहेको छु, र यसमा सफलता हासिल गर्छु भन्ने सकारात्मक सोच लिएको छु |

५. १३औ धर्मश्रीमा तपाइलाई कुरिराख्नु भएका र तपाइलाई मनपराउने दर्शकहरुलाई के संदेश दिन चाहनुहुन्छ ?

यो शारीरिक सुगठन खेललाई मनपराउने हरेक दर्शकको मनमस्तिष्कमा पछिल्लो पटकको बिजेता यसपटक कस्तो भएर आउछ होला भन्ने खुल्दुली जमाएर बसेको हुन्छ | १२औ धर्मश्रीमा र त्यस पश्चात मलाई माया गरिरहनु भएका देश बिदेशमा छरिएका चित परिचित यबं अपरिचित साथिभाइहरुको उत्साहलाई निराश नपार्ननै म बढी भन्दा बढी कोशिश गरिरहेको हुन्छु | मलाई यति धेरै माया गरिदिनु भएकोमा यहाहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरुमा पनि यस्तै मायाको अपेक्षा गरिरहनेछु | यहाहरुकै मायाले नै हामी शारीरिक सुगठनप्रति यति उत्साहित र उत्तेजक हुने गर्दछौ |